चितवन:नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णय अनुसार भोलिदेखि नयाँ मूल्य लागू हुने भएको हो।
नयाँ मूल्यअनुसार फार्म गेट होलसेल मूल्य:
- ठुलो अण्डा: ५४५ रुपैयाँ/क्रेट
- मिडियम अण्डा: ५३० रुपैयाँ/क्रेट
- सानो अण्डा: ३,००० रुपैयाँ/पेटी
उपभोक्ता मूल्य:
- प्रति गोटा: २३ रुपैयाँ
- दुई गोटा: ४५ रुपैयाँ
यसअघि, ४ भदौमा ठुलो अण्डाको मूल्य ५३० रुपैयाँ, मिडियमको ५१५ रुपैयाँ प्रति क्रेट कायम गरिएको थियो। संघले चितवनबाट देशभर अण्डा पठाउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ थप लाग्ने जानकारी समेत दिएको छ।











