गगन बिस्वप्रकास पार्टिबाट निकालिए, संस्थापनको घोषणासँगै कांग्रेस विभाजन – Buletnews
गगन बिस्वप्रकास पार्टिबाट निकालिए, संस्थापनको घोषणासँगै कांग्रेस विभाजन

महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट  निष्कासन

  • बुलेट न्युज

काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।
 संस्थापनको घोषणासँगै कांग्रेस विभाजन !
नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ।

 

बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाह मन्सुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट  निष्कासनको घोषणा गरेको हो ।

अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ। यसअघि पार्टीभित्र विवाद मिलाउनका लागि पटक पटक भएपनि सहमति जुट्न सकेको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्