देउवा पक्षद्वारा गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार – Buletnews
देउवा पक्ष बिलखबन्दमा
देउवा पक्षद्वारा गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार

अन्यायपूर्ण निर्णयविरुद्ध सर्वोच्चले ‘स्टे अर्डर’ दिने विश्वास

  • बुलेट न्युज

काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ।

उक्त समुहको शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

‘निर्वाचन आयोगले हामीलाई बोलाउँदै नबोलाई, कुरै नसुनी कांग्रेसबारे निर्णय दिएको छ’, उनले भने, ‘उक्त अन्यायपूर्ण निर्णयका आधारमा हामीले कसैलाई सभापति स्वीकार्न सक्दैनौँ । हाम्रा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै हुनुहुन्छ । हामी नै कांग्रेसको आधिकारिक पक्ष हौँ।’

उनले निर्वाचन आयोगको निर्णयको राजनीतिक प्रतिवादसँगै आइतबार सर्वोच्च अदालत जाने पनि बताएका छन् । ‘हामी राजनीतिक प्रतिवादमा जान्छौँ  अर्कोतिर आइतबार नै सर्वोच्चमा रिट हाल्छौँ। यो अन्यायपूर्ण निर्णयविरुद्ध सर्वोच्चले ‘स्टे अर्डर’ दिने विश्वास हामीलाई छ।’

गत पुस २७ देखि गत माघ १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन अयोगले शुक्रबार अधिकारिकता दिएपछि  देउवा पक्ष बिलखबन्दमा परेको छ।

प्रतिक्रिया दिनुहोस्