बाँकेको धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर मन्दिरमा बृहत सरसफाई – Buletnews
२५ बोरा फोहोर संकलन
बाँकेको धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर मन्दिरमा बृहत सरसफाई

सन्तानेश्वर मन्दिर प्रागणसम्म पुग्ने श्रद्धालुहरुले बाटोमा गरेका फोहोरहरुको बृहत सरसफाई अभियानकै रुपमा सञ्चालन

  • बुलेट न्युज

बाँके : बाँकेको विकट मानिएको पालिका नरैनापुर गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर मन्दिरमा बृहत सरसफाई गरिएको छ ।

सन्तानेश्वर मन्दिर प्रागणसम्म पुग्ने श्रद्धालुहरुले बाटोमा गरेका फोहोरहरुको बृहत सरसफाई अभियानकै रुपमा सञ्चालन गरी २५ बोरा फोहोर संकलन गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर भ्रमणको क्रममा त्यहाँ जथाभावी छरिएको फोहोर प्लास्टिकका खोस्टा र प्लास्टिक बोतलहरुको सरसफाई तथा ब्यवस्थापनका लागि हाम्रो नेपालगञ्जका युवा, सचेत नागरिकहरुको संयुक्त अभियानमार्फत सरसफाई गरिएको थियो ।

आयोजक संस्थाले फोहोर व्यवस्थापनमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अगामी दिनमा पनि युवाहरुको समूह तथा ईको नेपाल फाउण्डेशन संस्थाबाट फेरी पनि यस्तोखाले सरसफाई कार्यक्रमको आयोजना गरिने सहभागी करण शाहले जनाएका छन् ।

सरसफाई कार्यक्रममा शिरिष बुढाथोकी, पारश बिक्रम अर्याल, सन्देशराज मल्ल, राहुल बुढाछेत्री, नवराज बर्मा, कवि भारती, सिद्धार्थ थापा मगर, सुमित भारती, मुस्कान शाह, राजन शाह, कमल, मंशी गोडिया, मन्नत जी तथा इको नेपाल फाउन्डेसन संस्थाको सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्