बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा – Buletnews
तिन क्षेत्रमै कडा प्रतिस्पर्धा
बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा

क्षेत्र नम्बर १ मा १६, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी दर्ता

  • बुलेट न्युज

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुधांशु कोइराला, नेकपा (एमाले)बाट मोहमद इस्तियाक राई, नेपाली कम्युनिष्ट पार्टीबाट दिपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विवेककुमार श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकोटालगायतले उम्मेदवारी दर्ता गराएका छन भने क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, नेकपा (एमाले)बाट सुमन मल्ल, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जीएम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार र राप्रपाबाट तारकसिंह थारुलगायतले उम्मेदवारी दर्ता गराएका छन।

बाँकेमा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा, क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय खजुरास्थित कपास विकास समितिको कार्यालयमा स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्