कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समितिले मनायो चौथो बर्षगाठ – Buletnews
कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समितिले मनायो चौथो बर्षगाठ

लोपउन्मुक कला संस्कृती संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने गहन जिम्मेवा

  • बुलेट न्युज

बाँके: राप्ती सुनारी ९ ढकेरीमा रहेको कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समितिले चौथो साधारण सभा भव्य रुपमा मनाएको छ। कला संस्कृति तथा पञ्चेबाजा लोप हुँदै गइरहेको बेला यसलाई जगेर्ना गरिरहनुपर्छ भन्ने हेतुले स्थापना गरिएको संस्थाले आफनो चौथो बर्षगाठ मनाएको हो ।

संस्थाका अध्यक्ष झम्पा गौतमले  लोपउन्मुक कला संस्कृती संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने गहन जिम्मेवारी बोकेर उदाएको यो संस्थाले विवाह भोज, पूजा, व्रतबन्धन, धार्मिक कार्यक्रममा टाढा टाढासम्म पन्चेबाजा बजाउन पुग्ने गरेको बताउछिन ।

संस्थाले कविन्द्र  परियारलाई कला संरक्षण र प्रबर्द्धनमा गरेको योगदानको  उच्च मूल्याङ्कन गर्दै सम्मान समेत गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेश जलस्रोत तथा ऊर्जा मन्त्री माननीय कृष्ण केसी नमुनाको रहेको हाम्रा समाचारदाता भुवन थापाले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्