उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना – Buletnews
उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

गण्डकी र कर्णाली प्रदेशको बाँकी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना

  • बुलेट न्युज

सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशको बाँकी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट र सूर्यास्त साँझ ५ बजेर ३८ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्