बाँके: राप्ती सोनारी ५ चाचरफर्कामा अवस्थित श्री बालक शान्ति प्राथमिक विद्यालयले भव्य रूपमा सरस्वती पूजा ( वसन्त पन्चमी ) मनाएको छ। कार्यक्रममा हेमा श्री फाउन्डेसन संस्थाले श्री बालक शान्ति प्राथमिक विद्यालयलाई ४० हजार बराबरको सरस्वती माताको मूर्ति निर्माण गरी हस्तान्तरण गरिएको थियो ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई हालसम्म कपी कलम ड्रेसको व्यवस्था गरिदिने तथा भौतिक र आर्थिक रूपमा सहयोग गर्ने समाजसेवीहरूलाई सम्मान गरिएको कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारु, बाल आश्रम संस्थाको संस्थापक अध्यक्ष तारा ओली लगाएतको उपस्थिति रहेको थियो।











