लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित – Buletnews
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित
  • बुलेट न्युज

दाङ: लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित भएकी छन्।नेकपा (एमाले)बाट महिला समूहअन्तर्गत उम्मेदवार बनेकी झाँक्रीले ६,३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १,३६२ मतभार प्राप्त गरिन्।

यसैगरी, राष्ट्रिय जनमोर्चाका तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुनावी प्रतिस्पर्धामा सहभागी थिइन्।

मतदान विवरणअनुसार प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो। प्रदेशसभातर्फ कुल ८३ मत रहेकोमा ५ मत अनुपस्थित थिए। त्यस्तै, स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ जना मतदानमा सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस्