बाँके: बाँकेको राप्ती सोनारी ८ शमशेरगञ्जमा आज शुक्रबारबाट खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ अम्बिकेश्वोरी सेवा सुविधा यातायात प्राली र बोस फिटनेस जिमले फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
फुटबल प्रतियोगितामा बाँके जिल्लाका २३ वटा क्लबहरू समावेश भएका छन्। फुटवल खेल सात दिनसम्म सञ्चालन हुने अम्बिकेश्वोरी यातायात प्रालीका सचिव डम्बर केसीले जानकारी दिए। फुटबल प्रतियोगिता विजेता क्लबले पच्पन्न हजार पाँच सय पच्पन्न रुपैया नगद पाउने छन भने उप बिजेताले तेत्तिस हजार तीन सय तेत्तीस रुपैया नगदमा चित्त बुझाउनु पर्नेछ ।

आज आयोजित उदघाटन कार्यक्रममा प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका ८ का वडाध्यक्ष शालिकराम डाँगी, विशिष्ट अतिथि पूर्व प्रदेश मन्त्री कृष्ण केसी नमुना, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी खेलप्रेमी खेलाडी लगाएतका ब्यक्त्तिहरुको उपस्थिति रहेको थियो।
खेल तालिका बमोजिम मुख्य रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रदेश सभाका पुर्ब मन्त्री कृष्ण केसि नमुनाले खेलको शुभारम्भ गरेकी थिईन ।











