ढकालको घरदैलो अभियानमा जनताको उत्साह – Buletnews
ढकालको घरदैलो अभियानमा जनताको उत्साह

अघिल्लो निर्वाचनमा ढकाललाई जिताएको स्मरण गर्दै यसपटक पनि पूर्ण साथ दिने बिश्वास

  • बुलेट न्युज

बाँके: बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले चुनावी प्रचारलाई घरदैलो अभियानमार्फत तीव्र बनाएका छन्। टोल–टोलमा पुगेर उनले स्थानीयवासीका समस्या सुन्ने मात्र नभई तिनको समाधानका लागि प्रतिबद्धता पनि व्यक्त गर्दै आएका छन्।

घरदैलो अभियान अन्तर्गत उनले कोहलपुर नगरपालिका–१२ का जनतासँग भेटघाट गरेका छन्। स्थानीयहरूले उनका आगमनमा उत्साह देखाउँदै देशको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गरेका छन्। केहीले भने, देश जलाएर सक्न लागियो, अब देश बचाउने जिम्मा तपाईंले लिनुपर्छ। साथै, अघिल्लो निर्वाचनमा ढकाललाई जिताएको स्मरण गर्दै यसपटक पनि पूर्ण साथ दिने बिश्वास दिलाए ।

ढकालले खड्कवार र घुईयाबारी सडक बिस्तारका लागि आफ्नो पहल समेत जनतासँग सम्झाउँदै, सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत मुद्दामा काम गर्ने योजना प्रस्तुत गरेका छन्। प्रत्यक्ष संवादमा उनले भने, “राजनीति भाषणका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ।

युवा, मजदुर, साना व्यापारीदेखि ज्येष्ठ नागरिकसम्म भेटघाट गर्दै ढकालले सबैको कुरा ध्यानपूर्वक सुनेर संसद्मा जनताको वास्तविक आवाज पुर्‍याउने लक्ष्य राखेको बताए। उनका सरल व्यवहार, सुन्ने क्षमता र कामप्रतिको दृढ प्रतिबद्धताले मतदातामा सकारात्मक सन्देश फैलाएको स्थानीयवासी बताउँछन्।

बाँके–१ मा चुनावी प्रतिस्पर्धा बढ्दै गए पनि सूर्य ढकालको जनमुखी शैली र सक्रियताले मतदाताको ध्यान खिचिरहेको छ।

प्रतिक्रिया दिनुहोस्