निजी विद्यालय संगठनहरूको थप आन्दोलन- अनिश्चितकालीन बन्दसम्मको घोषणा – Buletnews
निजी विद्यालय संगठनहरूको थप आन्दोलन- अनिश्चितकालीन बन्दसम्मको घोषणा

भोलिदेखि १८ गतेसम्मलाई चरणबद्ध आन्दोलन

  • बुलेट न्युज

बाँके:निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूले शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टिसहित ५ माग राख्दै संयुक्त आन्दोलनलाई जारी राखेका छन् । संयुक्त विज्ञप्तिमा भोलिदेखि १८ गतेसम्मलाई चरणबद्ध आन्दोलन घोषणा गरिएको छ ।

जसमा देशभरका विद्यालयमा आन्तरिक छलफल र अभिभावकसँग परामर्श, निजी विद्यालय आंशिक बन्ददेखि त्यसपछि पनि माग सम्बोधन नभए १८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्दका कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्