गणेश माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Buletnews
गणेश माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • बुलेट न्युज

बाँके: बाँकेको राप्ती सोनारी ९ ढकेरी  स्थित गणेश माध्यमिक विद्यालयमा “घर घरमा रोजगार समृद्ध नेपालको आधार र विज्ञानको युग” शीर्षकमा पत्रकार भुवन थापाको पहलमा कक्षा ६ देखि कक्षा १२ सम्म निमावि र मावि तहका विद्यार्थीहरूविच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

बाँके जिल्लाका विभिन्न पालिकाका सामुदायिक विद्यालयमा गएर बुलन्द लिडर विद्यार्थी खोज्ने अभियान सुरुवात गरेसँगै उनले यस अघि १२ वटा विद्यालयमा कार्यक्रम आयोजना गरिसकेका छन ।  बाल बालिकाहरुको  सिर्जनात्मकता र अभिव्यक्ति क्षमता विकास गर्नका साथै उनीहरूको सांस्कृतिक ज्ञानलाई विस्तार गर्न यो आयोजना गरिएको थापाको भनाई छ ।

साथै उनिहरुको  विभिन्न कलात्मक बिधाहरूमा रुचि जगाउनुकासाथै आत्मविश्वास बढाउन, सहकार्यमा काम गर्न सिकाउन र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन मद्दत गर्ने उनको थप भनाई छ ।

प्रतिक्रिया दिनुहोस्