कोहलपुरमा भोलि बिहिवारदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै – Buletnews
कोहलपुरमा भोलि बिहिवारदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने

  • बुलेट न्युज

कोहलपुर,बाँके:  बाँकेको कोहलपुरमा भोलि बिहिवारदेखि बाँके जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा ११ गते सम्म सञ्चालन हुने खुल्ला पुरुष भलिवल प्रतियोगितामा बाँके जिल्लाका १३ वटा टिमले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रिले खेल स्थल खुल्ला मैदानमा आज आयोजित पत्रकार भेटघाटकाक्रममा वताए ।

कोहलपुरलाई खेलका माध्यमबाट आर्थिक चलायमान गराउनुकासाथै खेलकुदलाई संरक्षण सम्र्बद्धन गर्ने उद्धेश्यले नगर खेलकुद विकास समितिले बिभिन्न खेलकुदको आयोजना गर्दै आफनो सक्रियता जनाउदै आएको छ ।

यसै सन्दर्भमा पछिल्लो समय नगर खेलकुद विकास समितिले जिल्ला स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

सम्पुर्ण खेलहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय नियम बमोजिम खेलाई खुल्ला पुरुष भलिवल प्रतियोगितामा एक टिममा ९ जना खेलाडि र १ प्रशिक्षक गरि जम्मा १० जनाले सहभागिता जनाउनेछन भने खेल टिम दर्ताका आधारमा नक आउट वा लिग कम नकआउटका आधारमा खेलाईने आयोजकले जनाएको छ ।

सहभागि खेलाडिहरुले विद्यालयबाट प्रतिनिधित्व गर्नेको हकमा सम्वन्धित विद्यालयको विद्यार्थी भएको प्रमाण र आर्मि, पुलिसले बाँके जिल्लामा सरुवा भएको प्रमाण पेश गर्नुपर्नेछ ।

हाल सम्म १३ टिमले नाम टिपाएको उल्लेख गर्दै आयोजकले ब्राईटलाईट एकेडेमी कोहलपुर, बैजनाथ गाउँपालिका, गितापुर, भेरी प्राबिधिक,रोयल ढकेरी,बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर, ट्री  गार्डेन रिसोर्ट,राप्तिसोनारी, ग्रिनपिस स्कुल कोहलपुर, नमुना विद्या सदन कोहलपुर,जनज्योती मावि कोहलपुर,कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाको टिमले सहभागिता जनाउने उल्लेख गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । यसैगरि द्धितिय हुने टिमले क्रमश ३० हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने तेस्रो हुने टिमले २० हजार नगद, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्