कोहलपुरमा आयोजित प्रथम खुला भलिबल प्रतियोगितामा यी टिम भए विजयी – Buletnews
कोहलपुरमा आयोजित प्रथम खुला भलिबल प्रतियोगितामा यी टिम भए विजयी

लगातारको दुई हारसँगै राप्ती सोनारी भलिबल क्लब भने प्रतियोगिताबाट बाहिरीयो

  • बुलेट न्युज

कोहलपुर,बाँके: ‘प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२’ को दोस्रो दिन शुक्रवार ६ वटा खेल सम्पन्न भएका छन् । शुक्रबार भएको खेल प्रतियोगितामा सहभागी ६ वटा टिमले प्रस्पिर्धा गरेको आयोजकले बताएको छ ।

प्रतियोगितामा पहिलो खेल ट्रि मार्डेन बैजनाथ र जन ज्ञान ज्योति माविबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको दिस्रो दिनको पहिलो खेलमा ट्री गार्डेन रिसोर्ट बैजनाथले जन ज्ञान ज्योतिविरुद्ध २–१ सेटको जित दर्ज  गरेको हो ।

ट्रि मार्डेन बैजनाथले पहिलो सेट २५–८,२१–२५ र १५–१२ ले ज्ञान ज्योतिलाई हराएको छ। यस्तै दोस्रो खेल बैजनाथ गाउँपालिका र राप्ती सोनारीभलिबल टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बैजनाथले सोझो दुई सेटले राप्ती सोनारीलाई हराएको हो । पहिलो सेट २४–२६ र दोस्रो सेट २४–२२ र तेस्रो सेट १५–१२ मा हराएको थियो ।

यस्तै तेस्रो खेलमा नमुना विद्या सदन र रोयल ढकेरीबीच प्रतिस्पर्धा भएको थियो । रोयल ढकेरीले नमुना विद्या सदनविरुद्ध २–१ सेटको रोमाञ्चक जित निकालेको हो । रोयल ढकेरीले पहिलो सेट २५–८,२१–२५ र १५–१२ मा जित हासिल गरेको छ ।

चौथो खेलमा गितापुर भलिबल क्लब र बागेश्वरी बहुमुखीबीच प्रतिस्पर्धा भएको थियो । जसमा गितापुरले बागेश्वरीलाई २–१ सेटले हराएको हो । पाँचौ खेलमा भने ग्रिन पिस र कोहलपुर नगरपालिका कर्मचारी टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा २–१ को सेटले ग्रिन पिसले नगरपालिका कर्मचारी टिमलाई हराएको छ ।
छैटौं खेलमा राप्ती सोनारी र भेरी प्राविद्यिक बीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भेरी प्राविद्यिकले २–१ राप्ती सोनारीलाई हारएको हो । लगातारको दुई हारसँगै राप्ती सोनारी भलिबल क्लब भने प्रतियोगिताबाट बाहिरीएको छ ।

प्रतिक्रिया दिनुहोस्