बाँके: बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–८ स्थित शम्सेरगन्ज नजिक जंगल क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
आज मंगलवार दिउँसो साढे तीन बजे शम्सेरगन्जदेखि करिब ३ किलोमिटर पश्चिम तथा पूर्व–पश्चिम राजमार्गबाट करिब १.५ किलोमिटर उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती जंगल क्षेत्रमा सालको रुखमुनि स्थानीय ३० वर्षीय दीपक थारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृतक थारु राप्ती सोनारी गाउँपालिका–८, पेरानी निवासी हुन्। उनी २०८२ माघ २४ गतेदेखि घरबाट हराइरहेका थिए। परिवार तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज उनको शव फेला परेको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ।











