बरिस्ठ गाएक तथा कलाकार निर्मोहीको निधन, सिधनिया घाटमा गरियो अन्त्यस्ठी – Buletnews
बरिस्ठ गाएक तथा कलाकार निर्मोहीको निधन, सिधनिया घाटमा गरियो अन्त्यस्ठी
  • बुलेट न्युज

नेपालगन्ज: लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी भएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ ।

दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहेका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाविसमा जन्मिएका निर्मोही नेपालगन्जमा बसोवास गर्दै आएका थिए ।

परिवारका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

भेरी अस्पतालबाट मङ्गलबारनै निवासमा ल्याइएका निर्मोहीको साँझ ५ बजे निधन भएको थियो । मिर्गौला रोगबाटै पीडित उनकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो । वरिष्ठ गायक निर्मोहीको आज बुधबार दिउँसो  सिधनियाघाट राप्ती नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्