बाँके: कोहलपुर नगरपालिका २ अवस्थित एभरेस्ट सैनिक स्कुलले ३१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ।
विद्यालयका संस्थापक अध्यक्ष तपेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजार अतिथिको रूपमा सहभागी भई पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरे। आफ्नो मन्तव्यमा उनले पढाइमा मात्र नभई विद्यार्थीहरूलाई सिप, खेलकुद, डिजिटल माध्यमबाट अघि बढाउनुपर्छ भन्नेमा जोड दिए।

विद्यालयमा प्रस्तुत भएका कला, साहित्य र बिज्ञान प्रदर्शनीको समेत उदघाटन गरेका प्रमुख अतिथी मिजारले पहिलो शिक्षा नै जीवनको आधार हो, असफलता बाट सिकेर अघि बढ्नुपर्छ, हरेक चुनौतीमा अवसर छ उनले भने।
विद्यालयका अध्यक्ष तपेन्द्र बिष्टले बालबालिकाहरूको भविष्य निर्माण गर्न हाम्रो विद्यालय सधैँ अघि बढिरहेको छ, यस विद्यालयमा अध्ययन गर्ने पूर्व विद्यार्थी भाइबहिनीहरू कोही डाक्टर कोही पाइलट भइसकेका छन् उनले चर्चा गरे।

उक्त कार्यक्रममा विविध वैज्ञानिक प्रयोगका नमुनाहरूका साथै पृथक झल्कने सांस्कृतिक सम्पदा, खेलकुद कार्यक्रमको पुरस्कार वितरण समेत गरिएको थियो।
बिद्यालयका प्रअ महेन्द्र शमाको स्वागत मन्तब्यसङै शुभारम्भ कार्यक्रममा बिद्यालय संचालक टोपेन्द्र बहादुर के.सि., शिक्षक संघ कोहलपुरका अध्यक्ष दिपक मल्ल, वडा सदस्य पुरण थारु, प्याबसन कोहलपुरका अध्यक्ष रमेश के.सि., प्याबसन बाँकेका प्रमुख सल्लाहकार गोबिन्द सुबेदी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण भुसाल लगाएत अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।











