कोहलपुरमा ४४ औँ राष्ट्रिय एकता मगर दिवस भव्य रुपमा सम्पन्न – Buletnews
कोहलपुरमा ४४ औँ राष्ट्रिय एकता मगर दिवस भव्य रुपमा सम्पन्न

कार्यक्रममा मगरहरूको भेषभुषा, नृत्य, नाटक समेत प्रदर्शन

  • बुलेट न्युज

बाँके:  कोहलपुर नगरपालिका खुल्ला मैदानमा ४४ औँ राष्ट्रिय एकता मगर दिवस भव्य रूपमा सम्पन्न भएको छ। मगर संघ, नगर कार्यसमिति कोहलपुरद्वारा आयोजना गरिएको यो कार्यक्रममा मगर समुदायका विभिन्न अगुवाहरू, स्थानीय जनप्रतिनिधि, र नागरिकहरूको उपस्थिति थियो।कार्यक्रमको सुरुवातमा नेपाली झण्डा उचालेर, बुद्धको चित्र, र मगर समुदायका महान व्यक्तित्वहरूको तस्वीरको सम्मान गर्दै कार्यक्रमलाई सुरु गरिएको थियो।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मगर संस्कृति, शिक्षा, र समाजमा मगर समुदायको योगदानको बारेमा बोल्दै मगर समुदायको एकता, पहिचान र सामाजिक सद्भावलाई अझ बलियो बनाउने प्रतिज्ञा गरे।

त्यस्तै बाँके मगर समुदायका महासचिव कर्णबहादुर थापाले मगर समुदायले आफ्नो साहस, सहनशीलता, र समर्पणका लागि सदैव समाजमा महत्वपूर्ण योगदान दिएको छ। आजको दिनले हामीहरुको सांस्कृतिक पहिचान, इतिहास र समुदायमा गरिएका योगदानहरूको कदर गर्दै, हामी सबैलाई एकताको मार्गमा अघि बढ्न प्रेरित गरेको छ् उनले भने। उक्त कार्यक्रममा मगरहरूको भेषभुषा, नृत्य, नाटकहरु पनि देखाइएको थियो।।

प्रतिक्रिया दिनुहोस्