जनकपुरधाम:धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० झण्डा चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । गणेश पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर समुदायबीच झडप भएको प्रहरीले जनाएको छ ।
मूर्ति विसर्जन मुस्लिम वस्तीबाट लैजाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुंगा–मुढा हानाहानको अवस्था सिर्जना भएको जनाइएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए । प्रहरीका अनुसार अहिले उक्त क्षेत्रको अवस्था तनाव ग्रस्त छ । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । झडपमा केही घाइते भएको र उनीहरुको एकिन विवरण हालसम्म नआइसकेको प्रहरीले जनाएको छ ।











