फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा – Buletnews
फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा
  • बुलेट न्युज

काठमाडौं: नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहने फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा भएको छ ।

निर्देशक ऋत बोहाराका अनुुसार ३५ दिनमा फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको हो । उनले भने, ‘गाउँको केही दृश्य र गीत छायाङ्कन गर्न बाँकी छ । त्यो दोस्रो चरणमा हुन्छ। केही दिनमै सकिन्छ ।’काठमाडौं आसपासकै लोकेसनमा फिल्मको छायाङ्कन भएको उनले बताए ।

सन्सपेन्स क्राइम थ्रिल्लर जनारमा बन्ने यस फिल्ममाफर्त् निखिल र वर्षाले पहिलो सहकार्य गरेका हुन् । टेन इन्टरटेनमेन्ट प्रा।लि।को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् ।

प्रतिक्रिया दिनुहोस्