आज नेपालले श्रीलंकासँग खेल्दै – Buletnews
आज नेपालले श्रीलंकासँग खेल्दै
  • बुलेट न्युज

माल्दिभ्समा सोमबारदेखि सुरू भएको प्रतियोगितामा नेपालले दोस्रो खेलमा खेल्न लागेको हो।  प्रतियोगितामा दुवै टोली अपराजित छन्।
उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंकाले माल्दिभस्लाई ३–२ गोलले हराएको थियो।

अब नेपालले शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने छ।  समूहको शीर्ष २ मा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ। समूह बीमा पाकिस्तान, बंगलादेश र भारत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्