प्युठानमा मिनी बस दुर्घटनाः १६ जना घाइते – Buletnews
प्युठानमा मिनी बस दुर्घटनाः १६ जना घाइते

दुर्घटनाको कारणबारे अनुसन्धान जारी

  • बुलेट न्युज

बिजुवार: शुक्रबार बिहान झिम्रुक गाउँपालिका–३ आहालखोलामा बाँदिकोटबाट बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा. लि. को ‘अन टेस्ट’ मिनी बस दुर्घटना भएको छ।दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–२ की ५१ वर्षीया बिमला बिष्ट, झिम्रुक–३ का ३६ वर्षीया कमला केसी, ४५ वर्षीय हिरा जीसी, २२ वर्षीय प्रताप एमसी, १३ वर्षीय रुपेश पोख्रेल र २१ वर्षीया शुसिला पोख्रेललाई बुटवल रिफर गरिएको छ।

अन्य घाइतेहरु दाङ, झिम्रुक र बादिकोटका स्थानीयहरू हुन्। उनीहरूलाई टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्