बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ, १५ सदस्यीय बन्यो मन्त्रीमण्डल – Buletnews
बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ, १५ सदस्यीय बन्यो मन्त्रीमण्डल

बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो वरीयतामा, सुदन तेस्रो

  • बुलेट न्युज

उनको शपथमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली भने सहभागी भएनन् ।

बालेन्द्र यस पटक झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले हराउँदै प्रतिनिधिसभामा आएका थिए ।

बालेन्द्र नेपालका युवामध्ये एक र मधेशीमूलका पहिलो प्रधानमन्त्री पनि भएका छन् । युवा उमेरमै काठमाडौं महानगरको मेयर भएका उनी ३६ वर्षमै देशको प्रमुख कार्यकारी पदमा पुगेका छन् ।

बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् ।

त्यसैगरी गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले तेस्रो वरीयता पाएका छन् । उता परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयता मिलेको छ।

कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका मन्त्री सीता वादीलाई अन्तिम वरीयता मिलेको छ।

           वरीयताक्रम

  • बालेन्द्र शाह, प्रधानमन्त्री
  • स्वर्णिम वाग्ले, अर्थमन्त्री
  • सुधन गुरुङ, गृह मन्त्री
  • शिशिर खनाल, परराष्ट्र मन्त्री
  • सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
  • विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
  • खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
  • सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
  • निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
  • विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
  • प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
  • दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
  • सोविता गौतम, कानुन मन्त्री
  • गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
  • सीता वादी महिला, बालबालिका मन्त्री
प्रतिक्रिया दिनुहोस्