नेपालगन्ज: बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भाद्र ९ गते आइतबार एक्कासी छातीमा समस्या देखिनुका साथै मुटुको धड्कन बढेपछि राती १२ बजे नै अस्पताल पुर्याइएको थियो । भेरी अस्पतालबाट उनलाई इन्दो अस्पताल लखनउ लगिएको थियो ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले अध्यक्ष खाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् । अध्यक्ष एक-दुई दिनमा डिष्चार्ज हुने उपाध्यायले जानकारी दिए ।











