लुम्बिनी प्रदेशमा यस बर्ष एसइईमा ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदै, मुख्यमन्त्रीले दिए शुभकामना – Buletnews
लुम्बिनी प्रदेशमा यस बर्ष एसइईमा ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदै, मुख्यमन्त्रीले दिए शुभकामना

प्रदेशका १२ जिल्लाका ३३८ परिक्षा केन्द्रमा छ हजार ७८७ जना जनशक्ति परिचालन

  • बुलेट न्युज

दाङ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन ।

मुख्यमन्त्री आचार्यले परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई आवश्यक सहयोग गर्न अपिल गरेका हुन ।

यस वर्ष लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदैछन्।

परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, चार हजार ४६७ निरीक्षक, ६६९ परीक्षा सहायक र ६७६ कार्यालय सहयोगी गरी छ हजार ७८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्