बैजनाथ सामाजिक उद्यमीले यसरी मनायो ६९ औं राष्ट्रिय सहकारी दिवस – Buletnews
बैजनाथ सामाजिक उद्यमीले यसरी मनायो ६९ औं राष्ट्रिय सहकारी दिवस

सहकारीको चालु महिनाको १९ गते सम्म ७ लाख ३९ हजार ७८ रुपैया खुद नाफा

  • बुलेट न्युज

बैजनाथ,बाँके: बाँकेको बैजनाथ ४ मा कार्यालय रहेको बैजनाथ सामाजिक उद्यमी महिला सहकारीले ६९ औं राष्ट्रिय सहकारी दिवस सदस्य सचेतना तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै मनाएको छ । आफना शेयर सदस्यहरुलाई सहकारीको हालको अवस्था र भावि रणनितीबारे सहकारी शिक्षामार्फत सुसोचित गर्ने अभिप्रायले कार्यालय परिसरमै सहकारीले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

बिभिन्न समुहका ३३ जना उद्यमी महिलाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा सञ्चालक उपाध्यक्ष लिला कुमारी शाहि चन्दले सहकारीले गरेका लगानिका क्षेत्रहरु र सदस्यले कर्जा उपयोग गर्नुपर्ने उपादायताकाबारे प्रष्टयाएकी थिईन । उनले सदस्यहरुलाई परियोजना सञ्चालनकाक्रममा लगानिमा कुनै कमि हुन नदिईने कुरामा विश्वस्त पार्दै कर्जा सदुपयोगिताले नै महिलाहरुलाई उद्यमी बनाउने कुरामा जोड दिईन । कतिपय सदस्यहरुलाई सहकारी आफनो हो भन्ने कुराको नै ज्ञान नभएको औंल्याउदै सहकारीप्रति अपनत्व ग्रहण गर्न सहकारी शिक्षा अपरिहार्य भएको कुरामा जोड दिईन ।

कार्यक्रमका प्रमुख अतिथी एबं पुर्व सञ्चालक तथा सल्लाहकार अस्मिता विकले सहकारी स्थापनाका शुरुका दिनहरुको स्मरण गर्दै हाल सहकारी निति बिधि र प्रबिधिको मार्गमा हिडिरेको पाउदा आफुलाई हर्ष उल्लास लागेको विचार ब्यक्त गरिन । सहकारीबाट सञ्चालित पशु उपहार , पशु पैंचो एवं करेसावारी कार्यक्रमले सदस्यहरुमा नविनतम कार्यको अनुभुत दिएको भएपनि कतिपयलाई उपहार फिर्ता गर्न सकस पर्ने गरेको प्रति इंगित गर्दै लिएको चिज फिर्ता गर्न सक्नु नै सच्चा सहकारीकर्मिको धर्म भएको टिप्पणी गरिन ।


कार्यक्रममा सहकारीका प्रबन्धक प्रमोद रिजालले सहकारीको हालको अवस्था र आगामि बर्षको कार्यक्रम बजेटबारे आफनो प्रस्तुतिकरण पेश गरेका थिए । उनले सहकारीले चालु महिनाको १९ गते सम्म ७ लाख ३९ हजार ७८ रुपैया खुद नाफा कमाउन सकेको वताउदै सोहि अवधिमा समुह सदस्यहरुमाझ २ करोड ५ लाख लगानिमा रहिरहेको कर्जा, वचत १ करोड १५ लाख ९२ हजार तथा शेयर पुजि ५२ लाख १५ हजार पुगेको वताए ।

उनले बिभिन्न बाह्य कर्जा समेत सहकारीले ल्याई आफना शेयर सदस्यहरुलाई उद्यमशिलतातर्फ उन्मुख बनाउन परियोजना कर्जा प्रवाह गर्दै आएको सहकारीले यस बर्षदेखि मौसिमाी कर्जा, शैक्षिक कर्जा, उपचार कर्जा समेत साधारण कर्जा चलाउदै गर्दा पनि पाउन सक्ने ब्यबस्था गरिएको जनाए । सहकारीले साधारण कर्जातर्फ सामान्य अवस्थामा शुरुको बर्ष ५० हजार सम्म र परियोजना कर्जा शुरुको बर्षमा १ लाख सम्म प्रबाह गर्दै आएको छ भने धितोमा आधारित कर्जाहरु १० लाख सम्म प्रबाह गर्ने निती अवलमवन गरेको रिजालको भनाई छ ।

अभिमुखिकरण कार्यक्रममा सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कमला बुढाले सहकारीका महिला सदस्यहरुले आफुले केहि जान्दैनौ भन्दै सिक्ने प्रयास समेत नगर्ने गरेको उल्लेख गर्दै, ईच्छाशक्ति हुने हो भने निर्धक्क बोल्न सक्ने र नेतृत्व लिन सकिने क्षमताको क्रमश विकास हुदै जाने वताईन ।

उनले महिलाहरु चुलो चौकोमा मात्र सिमित हुनुपर्छ भन्ने सामाजिक मान्यता तोडन बैजनाथका सामाजिक उद्यमी महिलाहरुले गरेको उद्यम र नेतृत्व गर्ने क्षमताले तोडिसकेको उल्लेख गर्दै बैजनाथ सामाजिक उद्यमी महिला सहकारीको स्थापना कालदेखि सक्रिय कमला बुढाले गरे सकिन्छ भन्ने एउटा उदाहरण स्वयम आफु नै भएको दावि समेत गरिन । उनले आफुले हाल पशु तथा कृषि फम नै खोलेर ब्यबसायिक रुपमा बाख्रापालन तथा भैसिपालनलाई निरन्तरता दिंदै बिभिन्न सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायि भुमिकामा समेत रहेको प्रष्ट पारिन ।

बखान बहुउद्धेश्यीय सहकारी संस्था नामक सहकारी बि.सं २०१३ साल चैत्र २० गते मा चितवनमा स्थापना भएको स्मरणमा नेपालभर सहकारीकर्मिहरुले राष्ट्रिय सहकारी दिवस मनाउदै आएका छन । सोहि अवसरको मौका छोपि बैजनाथ सामाजिक उद्यमीले कार्यक्रमको आयोजना गरेको वताईएको छ । करिवन अढाई घण्टा सम्म चलेको कार्यक्रममा सहभागिहरुले खुल्लारुपमा सहकारीका सेवा सुविधा र शर्तकावारेमा खुलेरै सञ्चालकहरुमाझ प्रशन गरेका थिए । प्रश्नको जवाफ अध्यक्ष कमला बुढा, उपाध्यक्ष लिला कुमारी शाहि चन्द र प्रबन्धक प्रमोद रिजालले दिएका थिए । कार्यक्रमको सञ्चालन सहकारीका लेखा सहायक चाँदनी थापाले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्