आज पनि लुम्बिनी प्रदेश सभा बैठक – Buletnews
आज पनि लुम्बिनी प्रदेश सभा बैठक
  • बुलेट न्युज

दाङ: लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत सोमबार छैटौं बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

यसैगरी, बैठकमा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्