बाँके: मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा तथा तराईका केही ठाउँमा हुरीको समेत सम्भावना रहेको जानकारी दिएको छ।
महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो स् देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना छ।
आज राति स् कोसी प्रदेश, मधेस प्रदेशलगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।











