बाँकेको डुडुवमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा – Buletnews
बाँकेको डुडुवमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा

अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध

  • बुलेट न्युज

बाँके:बाँकेको डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो ।

मेडिकल अधिकृत डा. रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबीसै घण्टा सेवा शुरू गरेको हो । अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ ।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा। तिवारीले बताए ।

डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्