विषय: प्रयोगशालाको दरबन्दी ब्यबस्थापन र सुदृढीकरण सम्बन्धमा !
सम्माननिय प्रधानमन्त्री ज्यु,एबं नेपाल सरकारका सम्बन्धित माननीय मन्त्रीज्युहरु
यो खुला पत्र लेख्ने जमर्को गर्दैछु । स्वास्थ्य सेवातर्फ ल्याब असिस्टेन्ट र ल्याब टेक्निसियन तथा टेक्नोलोजीस्ट साथीहरूको साझा आवाज प्रस्तुत गर्न मनासिव ट्जान्दै यो देश नयाँ सरकारको नेतृत्वमा अघि बढीरहेको यस महत्त्वपूर्ण घडीमा स्वास्थ्य क्षेत्रको एक अत्यन्त संबेदनशिल र प्रायः ओझेलमा पर्ने पक्ष प्रयोगशाला सेवा तर्फ ध्यानाकर्षण गराउन यो खुल्ला पत्र लेख्ने जमर्को गरेको हुँ ।
स्वास्थ्य सेवाको मेरुदण्ड ल्याब (प्रयोगशाला )आजको आधुनिक चिकित्सा प्रणालीमा रोगको करिब ७०% भन्दा बढी निर्णय प्रयोगशाला रिपोर्टका आधारमा गरिन्छ भन्ने सर्वविदित तथ्य हो तर बिडम्बना,स्वास्थ्य प्रणालीको मेरुदण्ड मानिने प्रयोगशाला सेवा अझै पनि दरबन्दी ,स्रोत र निजी निर्माणको दृस्ठिले उपेक्षित अबस्थामा छ ।
साथै संघ ,प्रदेश र स्थानिय तहमा गरि जम्मा ७५३ वटै पालिकामा र वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पहुँच पुग्ने गरि स्थाई दरबन्दी गर्न आबश्यक छ । प्रयोगशाला सेवा बिना सहि निदान र प्रभाबकारी उपचार सम्भव हुदैन तर यहि महत्त्वपूर्ण क्षेत्रमा कार्यरत जनशक्ति आज पनि न्युन तलबमा असुरक्षित कार्यपस्थीती र सरकारी क्षेत्रमा अत्यन्त सिमित दरबन्दीका कारण निराश छन !
साथै करार नियुक्ति देखिने अपारदर्शीता नताबाद स्रोतको प्रभाव जस्ता बिसयहरुले योग्य र मेहनती जनशक्ति मनोबल घटारहेको छ । नियुक्ति प्रक्रिया निषपक्ष पारदर्शी र योग्यतामा आधारित हुनुपर्छ भन्ने हाम्रो अपेक्षा छ । हामीले केवल उचित सम्मान न्यायोचित पारीश्रमिक जस्ता करियर मार्ग पर्याप्त सरकारी दरबन्दी र पारदर्शी नियुक्ति प्रक्रियाको माध्यमबाट स्वास्थ्य सेवा दिने अपक्षा गरेका छौ ।
प्रयोगशालामा खटिने जनशक्तिको शसक्तिकरण बिना गुणस्तरीय स्वास्थ्य सेवा सुनश्रिता गर्न सकिदैन। प्रयोगशाला क्षेत्र सुधारका लागी प्रष्ट मार्गचित्र (Lab assistant ,Lab technician ,Lab Tecnologist ) उपचार सुरु हुनु अघि निदान चाहिन्छ ,र निदानको आधार हो प्रयोगशाला यहि मेरुदण्ड सम्हाल्ने मे .ल्या अ, मे .ल्या .टे लाई प्राथमिकतामा नराखि स्वास्थ्य कहिलै गुणस्तरीय बन्न सक्दैन ।
Biosafety अनिवार्य PCR ,automation molecular lab जस्ता आधुनिक प्रविधिमा लगानी न्युनतम तलब ,जोखिम भत्ता ,बिमा लगाएत सुबिधा गरिनुपर्ने र शिक्षा र रोजगारी बीच सन्तुलन निती मार्फत ल्याब सेवा आधुनिक तरिका बाट प्रयोगशाला सेवालाई देशै भरीका अस्पताल र स्वास्थ्य चौकी र सेवाकेन्द्रमा पुर्ण रुपले संचालन गर्न नयाँ सरकारले निति तथा कार्यक्रममा प्रयोगशालालाई समाबेश गरि छिट्टै दरबन्दी तथा बिज्ञापन मार्फत या आन्तरिक पदपूर्ति बाट सेवालाई प्रभाबकारी तरिकाले गरिदिनु हुन अनुरोध पत्र पेश गर्दछु ।











