राप्तीको कटान दिर्घकालिन समस्या समाधान हुनेमा स्थानिय बिस्वस्त – Buletnews
राप्तीको कटान दिर्घकालिन समस्या समाधान हुनेमा स्थानिय बिस्वस्त

अब नयाँ सरकारले जनताको सुरक्षालाई प्राथमिकता दिने आशा र बिश्वास

  • बुलेट न्युज

बाँके : बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।

राप्ती नदीमा बर्षाको समयमा आउने बाढी र कटानका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका दर्जनौं बस्तीहरुको हजारौं स्थानीयहरु बाढीको जोखिममा पर्दैआएका छन् ।

राप्तीसोनारी –७ का शिवप्रसाद मौर्यले नदीको दुबैतर्फ पक्की तटबन्ध भइ गाउँहरुमा बाढीको जोखिम अन्त्य हुने आशा बढेको बताए । उनले भने, ‘अहिलेसम्म सरकारले नदी कटानका लागि प्रर्याप्त बजेट बिनियोजन गरेको थिए, अब नयाँ सरकारले जनताको सुरक्षालाई प्राथमिकता दिने आशा र बिश्वास लिएका छौं ।’

गतबर्ष जनताको तटबन्धन कार्यक्रम लमहीले राप्तीसोनारी –७ को खल्ला झगडिया आसपासको क्षेत्रमा पक्की तटबन्धको काम गरेको छ । यसैरी खल्ला झगडिया र जरैयामा बासको प्रयोग गरी कटान नियन्त्रणका लागि बेम्बो पाइलिङ्गको काम भए पनि नदीको कटान ठाउँ–ठाउँमा भएका कारण त्यो मात्र पर्याप्त नभएको स्थानीय बासिन्दाले जनाएका छन् ।

राप्ती नदीको तीव्र कटानका कारण राप्तीसोनारी र होलिया आसपास नदी किनारमा गरिएको अस्थायी माटोको तटबन्ध भत्केर नदी गाउँमा पस्ने जोखिम बढेको क्षेत्रमा बेम्बो पाइलिङ्ग र तटबन्धन गरिएको हो । निरन्तरको कटानका कारण राप्ती सोनारीका देउपुरा, पिप्रहवा, झल्ला झगडिया, भवानियापुर, गेदवा, नरैनापुर –६ को सोनबर्षा, कुदरबेटवा, गङ्गापुर नरैनापुर –५ को भाजपुर, नेवाजी गाउँ र डुडुवा –१ को कुदवा गाउँ सबैभन्दा बढी जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्