बाँके जिल्ला अदालतमा कार्यतर धमलालाई घुससहित नियन्त्रणमा – Buletnews
बाँके जिल्ला अदालतमा कार्यतर धमलालाई घुससहित नियन्त्रणमा

फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ मागेको उजुरी

  • बुलेट न्युज

नेपालगन्ज: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालय, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

उनीलाई सेवाग्राहीसँग १२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा बाँके, नेपालगञ्ज उपमहानगरपालिका-९ शान्तिनगरस्थित यातायात चोकबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पक्राउ परेका धमलामाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्