फिल्म ‘परालको आगो’ ले सुखद ओपनिङ, दुई दिनमा कमायो १ करोड – Buletnews
फिल्म ‘परालको आगो’ ले सुखद ओपनिङ, दुई दिनमा कमायो १ करोड
  • बुलेट न्युज

काठमाडौ: वैशाख ११ गतेबाट हलमा लागेको फिल्म ‘परालको आगो’ ले सुखद ओपनिङ गरेको छ। यस फिल्मले दुईदिनमा १ करोड ग्रस कलेक्सन गरेको निर्माणटिमले जनाएको छ।

यस फिल्मले शुक्रबार नै फिल्मले ३८ लाख भन्दा बढिको ग्रस कलेक्सन गरेको हो। त्यस्तै, शनिबार फिल्मले ५८ लाख बढी कमाउँदै एक करोड क्लबमा पुगेको हो। यद्धपी, चलचित्र विकास बोर्डको तथ्यांक भने सार्वजनिक भएको छैन।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्मले दर्शकहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ।  फिल्मका निर्देशक, निर्मातासहित कलाकार हल पुगेर दर्शकसँग भेटेर प्रतिक्रिया लिइरहेका छन्।

फिल्ममा  सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी,शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलले लगानी गरेका हुन्। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्।

लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ। साथै रंग संयोजन कनाल कुँवरको छ।

प्रतिक्रिया दिनुहोस्