बाँके :नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ साढे पाँच बजेदेखि खेल सुरु हुने छ। घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिएको छ।
नेपालले २४ गते बंगलादेशसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। दोस्रो खेल पनि दशरथ रगंशालामै हुनेछ। फिफा बिण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ। नेपालको सिनियर टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो। दुई खेलपछि परिणामको आधारमा विजेता घोषणा गरिनेछ।
दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याउने तयारी छ। विजेताले ट्रफी र पदक प्राप्त गर्ने नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपाली टोली
किरण चेम्जोङ, अविशेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दिप कार्की, दिनेश हेन्जन, जिलेस्पी जगं कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रनदिप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुवास ठकुरी वम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ।











