युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक – Buletnews
युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक
  • बुलेट न्युज

WASHINGTON, DC - FEBRUARY 24: U.S. President Donald Trump delivers his State of the Union address during a Joint Session of Congress at the U.S. Capitol on February 24, 2026, in Washington, DC. Trump delivered his address days after the Supreme Court struck down the administration's tariff strategy and amid a U.S. military buildup in the Persian Gulf threatening Iran. Chip Somodevilla/Getty Images/AFP (Photo by CHIP SOMODEVILLA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

एजेन्सी: युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन् । उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १४ बुँदे प्रारम्भिक सहमतिपत्र तयार हुने चरणमा पुगेको छ । प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन् । इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिनुभएको छ ।

मध्यस्थता गर्दै आएको पाकिस्तानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको जनाएको छ । पछिल्लो प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम समृद्धि प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ । यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोकिएका सम्पत्तिहरू फिर्ता गर्ने तयारी गर्नेछ । यसले इरानको अर्थतन्त्रलाई राहत दिने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पुनः सुधार हुने अपेक्षा गरिएको छ ।

इरान–अमेरिकाबीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको भाउ ११ प्रतिशतले घटेको छ । दुई देशबीच  पाकिस्तानको मध्यस्थतामा एक महिनाअघि युद्धविराम भए पनि हर्मुज क्षेत्रमा तनाव कायमै छ ।

विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ति हुने मार्गमा दुई महिनाभन्दा लामो समयदेखि देखिएको अवरोधले विश्वभर नै तेल, प्राकृतिक ग्यास तथा रासायनिक मलको सङ्कट उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्