बाँकेमा कारको ठक्करबाट बालकको मृत्युु – Buletnews
बाँकेमा कारको ठक्करबाट बालकको मृत्युु

कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँ प्रहरीको नियन्त्रणमा

  • बुलेट न्युज

बाँके: बाँकेमा शनिबार कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको खजुरा गाउँपालिका-६ स्थित भित्री सडक उढरापुरमा कारले ठक्कर दिँदा स्थानीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको हो।

उनलाई बाप्र ००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्