आज देशका विभिन्न स्थानमा पानी पर्ने – Buletnews
आज देशका विभिन्न स्थानमा पानी पर्ने

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • बुलेट न्युज

बाँके: आज देशका विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा भारी वर्षा पनि हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान, मधेस प्रदेशलगायत बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाड क्षेत्रका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

प्रतिक्रिया दिनुहोस्