नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम – Buletnews
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना

  • बुलेट न्युज

बाँके: हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने यतिबेला (आइतबार बिहान)  हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। अनि तराईमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया र देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।

अनि कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा मधेससहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ।

यस्तै आज राति कोसीसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया र कर्णाली प्रदेशको हिमाली क्षेत्र र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी पहाडी र तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

अनि राति कोसी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्