बेटर बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा संजय मण्डल – Buletnews
बेटर बाँकेमा नयाँ कार्यसमिति, अध्यक्षमा संजय मण्डल
  • बुलेट न्युज

कोहलपुर, बाँके:  बेटर बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । कोहलपुर–११ मा सम्पन्न भेलाले संजय मण्डलको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा सरोजबाबु पंगेनी  र नगेन्द्र भण्डारी चयन भएका छन् । सचिवमा बसन्तराज गिरी, सह–सचिवमा हिमाल  शाही  तथा कोषाध्यक्षमा भोज बहादुर शाही  चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सुर्य बहादुर कार्की , आदित्य बस्याल, मेन प्रसाद देवकोटा, विकल भट्टराई र हरि बहादुर थापा रहेका छन् ।
भेलाले देबेन्द्र पौडेलको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरूमा ॠषिराम थापा मगर, निर्मल भुसाल , निश्चल ढकल लगायत रहेका छन् ।

नवगठित समितिले संस्थालाई सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय बनाउँदै अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । संस्थाले यस अघि समेत भ्रष्टाचार बिरोधी गतिबिधी गर्नुकासाथै सामाजिक, धार्मिक , एबं जनचासोका बिषयमा खबरदारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्