बालुवाटार नजिक २ सब फेला – Buletnews
बालुवाटार नजिक २ सब फेला

अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको अनुमान

  • बुलेट न्युज

काठमाडौं: बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने पहिचान नखुलेको सुरक्षा स्रोतले जनाएको छ ।

अहिले बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् । पवित्र वर्कसप प्रधानमन्त्री निवासबाट राष्ट्रपति भवन जाने बाटोको बीचमा पर्छ, जहाँबाट राष्ट्रपति भवन पुग्नुअघि नेपाली सेनाको भैरवनाथ गण आउँछ । त्यसबाहेक वरिपरि कुनै सरकारी कार्यालय छैनन् ।प्रदर्सनका क्रममा त्यहाँ आगजनी भने भएको थिएन ।

अन्यत्र जलेको वा मारिएपछि शव त्यहाँ फ्याँकिएको अनुमान सुरक्षा स्रोतको छ ।

प्रतिक्रिया दिनुहोस्