रुकुम: रुकुमपश्चिमको आठबिसकोटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका १३ धारापानी निवासी २५ वर्षीय प्रेम खत्रीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार बिहिबार बेलुका करिब ६ बजे उनलाई करेन्ट लागेको हो । घरदेखि करिब एक किलोमिटर टाढा रहेको बिद्युतको पोलमा चढेर बिद्युत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए। घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिजय चपागाईंको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।











