डुडुवाको लेखा शाखा धोस्त, सबै कागजपत्र जलाईयो – Buletnews
डुडुवाको लेखा शाखा धोस्त, सबै कागजपत्र जलाईयो

आज राती पालिका जलाउने धम्की

  • बुलेट न्युज

डुडुवा (बाँके):  डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा शाखाका कागजात जलाएको छ ।

बुधबार राती साढे ८ बजेतिर ८–१० जना मोटरसाइकिलमा आएका युवाहरुको समुहले एक्कासी कार्यालयमा प्रबेश गरी पालिकाका अध्यक्ष र उपाध्यक्षको कोठाको ढोका तोडफोड गरेका छन ।

उक्त समुहले लेखा शाखाको ताला फोडेर भित्र पसी सम्पुर्ण कागजातहरु बाहिर ल्याएर आगोले जलाएको डुडुवा नगर प्रहरी इन्चार्ज दिपक तिम्लिसेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिकाको कार्यालयमा संधै आईरहने स्थानीय युवा भएको र कर्मचारीको शंकामा गेटभित्र पस्न दिएका हौ । उहाँले भन्नुभयो, ‘एक्कैछिन पछि उनीहरुले आगो लगाएर लेखा शाखाको कागजातहरु जलाएर भागे छन ।’ उनीहरुले आज राती पालिकाको भवनमा समेत क्षति पुरयाउने धम्की समेत दिएका छन । जेएनजी समुहको नाममा घुसपैठ हुन सक्ने सम्बद्धहरुले बताएका छन ।

समेत दिएका छन । जेएनजी समुहको नाममा घुसपैठ हुन सक्ने सम्बद्धहरुले बताएका छन ।

यति बेला डुडुवामा तनाब बढ्दै जान लागेको सुचना पाएपछी नेपाली सेनाले पालिका वरिपरि आफ्नो उपस्थिती जनाएको पत्रकार राकेश मिश्रले बुलेट न्युज सङ बताएका छन ।

प्रतिक्रिया दिनुहोस्