लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसुची – Buletnews
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसुची
  • बुलेट न्युज

लुम्बिनी: लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्