जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो – Buletnews
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

विभिन्न अस्पतालमा ३३१  जना उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज

  • बुलेट न्युज

काठमाडौँ:  देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१  जना उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

काठमाडौँका अस्पतालहरू राष्ट्रिय ट्रमा सेन्टर ८, सिभिल अस्पताल ६, भेरी अस्पताल ५, एभरेस्ट अस्पताल ३, फ्रन्टलाइन अस्पताल ३, केएमसी अस्पताल २, त्रिवि शिक्षण अस्पताल १, बयोधा अस्पताल २, फ्रन्टलाइन अस्पताल ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २, बीएनसी अस्पताल १, बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्