बाँके कारागारमा आगजनी, सेनाले चलायो गोलि – Buletnews
बाँके कारागारमा आगजनी, सेनाले चलायो गोलि

कारागार क्षेत्र तनावपूर्ण

  • बुलेट न्युज

नेपालगन्ज : नेपालगन्ज कारागारमा अहिले तनाव उत्पन्न भएको छ । कारागारमा रहेका कैदीहरुले अन्य कारागारका कैदीहरु जस्तै आफुहरुलाई पनि घर जान दिनुपर्ने माग गर्दै आगजनी गरेका थिए ।

आगजनी पश्चात कैदीहरु भित्रबाट निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोली समेत चलेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिले कारागार क्षेत्र तनावपूर्ण बनेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्