लुम्बिनीमा मन्त्री फेर्दै एमाले- ४ जना बिदा, नयाँ काे-काे आउँदै छन् ? – Buletnews
लुम्बिनीमा मन्त्री फेर्दै एमाले- ४ जना बिदा, नयाँ काे-काे आउँदै छन् ?

रूपन्देहीका तुलसी चौधरी, बाँकेका रत्न खत्री, अर्घाखाँचीका रामजी घिमिरे र गुल्मीका डिल्लीराज भुसाल मन्त्री बन्दै

  • बुलेट न्युज

यो प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री छन् । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्तिका लागि उनीहरूलाई फिर्ता बोलाएको हो ।

हिजो संसदीय दलको बैठक बसेर मन्त्री फेर्ने नफेर्ने निर्णय केन्द्रको समन्वयमा गर्न पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, मुख्यमन्त्री आचार्यलाई अधिकार प्रत्यायोजन दिइएको थियो ।

उनीहरूको स्थानमा रूपन्देहीका तुलसी चौधरी, बाँकेका रत्न खत्री, अर्घाखाँचीका रामजी घिमिरे र गुल्मीका डिल्लीराज भुसाललाई मन्त्री बनाउने तयारी मुख्यमन्त्रीले गरेका छन् । तर अहिले प्रदेश प्रमुख बाहिर रहेकाले नयाँ नियुक्ति केही दिन ढिलाइ हुने भएको छ ।

बजेट तयारीको मुखमा मन्त्री फेर्न नहुने र मुख्यमन्त्रीसहित सबै फेर्नुपर्ने अडानमा रहेको सत्तारूढ कांग्रेसलाई दबाब सृजना भएको छ । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले एमालेले फेरेपछि दबाब सृजना भएको र पार्टीले पनि सोच्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्