जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो – Buletnews
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

देशका बिभिन्न अस्पतालमा उपचारार्थ घाईतेहरुको मृत्यु भएसंगै जम्मा मृत्यु संख्या ५१

  • बुलेट न्युज

काठमाडौं: जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृम्यु हुनेको संख्या ५१ पुगेको हो । देशका बिभिन्न अस्पतालमा उपचारार्थ घाईतेहरुको मृत्यु भएसंगै जम्मा मृत्यु संख्या ५१ पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौंको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्