रोल्पाको व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु – Buletnews
रोल्पाको व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खस्यो

  • बुलेट न्युज

रोल्पा: रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्