बाँकेको पिपिरी चोकस्थित पुनको घरमा लागेको आगो नियन्त्रणमा – Buletnews
बाँकेको पिपिरी चोकस्थित पुनको घरमा लागेको आगो नियन्त्रणमा

आगलागीका क्रममा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीमा क्षति

  • बुलेट न्युज

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिका वडा नं ८ पिपिरी चोकस्थित तारा पुनको घरमा लागेको आगो नियन्त्रणमा आएको छ । कोहलपुर नगरपालिकाको दमकल , स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

विद्युत् तार सर्ट भएका कारण आगलागी भएको हुन सक्ने कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए ।

दिउँसो करिब सवा तीन बजे सुरु भएको आगलागीलाई नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको थियो। आगलागी करिब ३: ५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।

आगलागीका क्रममा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ । यद्यपि मानवीय क्षति भने नभएको नगर प्रहरी प्रमुख थापाले जानकारी दिएका छन्। आगलागीका बेला घरभित्र रहेको एक ग्यास सिलिन्डर पनि पड्किएको बताइएको छ।

प्रहरी, नगर प्रहरी र स्थानीयवासीको तत्परताका कारण घरभित्र रहेका केही सामान सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ। साथै आगो समयमै नियन्त्रणमा आएकाले छिमेकी घरहरूमा आगो फैलिन नपाई ठूलो क्षति हुनबाट जोगिएको छ।

आगलागीबाट भएको कुल क्षतिको विवरण भने हालसम्म यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्